नेकपा एमालेका राष्ट्रिय सभाका सांसद बेदुराम भुसालले गत असार १३ गते एमाले पार्टी परित्याग गरेको घोषणा गरे । साथै उनले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन सङ्घीय संसद् सचिवालयलाई निवेदन दिएको खबर सार्वजनिक भयो ।नेकपाबाट निर्वाचित भुसालले आफूलाई स्वतन्त्र सांसद घोषणा गरेपछि नेकपा छँदा निर्वाचित भएका अन्य जनप्रतिनिधिहरूको पनि हैसियत के हुने भन्ने प्रश्न पेचिलो बनेको छ । नेकपा दलबाट चुनाव जितेका यस्ता जनप्रतिनिधिहरू ४५ जना छन् ।गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई नचिन्ने फैसला गर्दै नेकपा एमाल