नेपाल ग्यासको कम्पोजिट सिलिण्डर बजारमा

काठमाडौं : नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ। नयाँ कम्पोजिट सिलिण्डर पूर्ण सुरक्षित र विस्फोट नहुने रहेको बताइएको छ। हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुनाले आगोले विस्फोट गर्न नसक्ने बताइएको छ। यो ग्यास सिलिण्डरमा चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुर...

सम्बन्धित सामग्री

ग्लोबल आइएमईका ग्राहकले क्यूआरकोड मार्फत ग्यास किन्दा ५० रुपैयाँ छूट पाउने

फागुन २९, काठमाडौं । नेपाल आयल निगमले अहिले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५७५ रुपैयाँ कायम गरेको छ । उपभोक्ताले विक्रेताबाट कुनै पनि सिलिण्डर खरीद गर्दा उक्त रकम तिर्नुपर्छ ।तर, अब ग्लोबल आइएमई बैंकमा आबद्ध उपभोक्ताले भने ग्यासको एक सिलिण्डर १ हजार ५२५ रुपैयाँमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र नेपाल ग्यास विक्रेता महासंघ बीच शनिवार भएको सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका ग्राहकले प्रतिसिलिण्डर ग्यास खरीदमा ५० रुपैयाँ छूट पाउने भएका हुन् । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्लोबल आइएमई बैंकका ग्राहकले क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्दा उक्त रकम छूट पाइने गरी सम्झौता गरिएको बताए । ‘ग्लोबल आइएमई बैंकको क्यूआरकोडको माध्यमबाट भुक्तानी गर्दा महीनामा एक सिलिण्डरमा मात्रै ५० रुपैयाँ छूट पाउने छन्’, अर्यालले भने, ‘डिलर महासंघमा आबद्ध भएको हुनुपर्छ ।’ उनका अनुसार ग्यास विक्रेता महासंघमा आबद्ध भएका विक्रेतामार्फत ग्यास खरीद गर्दा मात्रै उक्त छूट पाइने छ । ग्यास विक्रेता महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र थापाका अनुसरा मुलुकभर ग्यास विक्रेताको संख्या १२ हजार रहेको छ ।

नेपाल ग्यासका १६ सय सिलिण्डर नष्ट

नेपाल ग्यास उद्योग प्रालिले प्रयोग गर्न नमिल्ने पुराना १ हजार ६ वटा ग्यास सिलिण्डर नष्ट गरेको छ । बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योग परिसरमा ती सिलिण्डर नष्ट गरेको हो ।उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर पुराना प्रयोग गर्न नमिल्ने सिलिण्डर नष्ट गरेको उद्योगले जानकारी दिएको छ । हाइड्रोस्टाटिस परीक्षण गरेर प्रयोग गर्न नमिल्ने सिलिण्डरहरु छनोट गरेर उद्योगले […]

नेपाल ग्यासले ल्यायो कम्पोजिट सिलिन्डर

४ भदौ, काठमाडौं । नेपाल ग्यास उद्योगलेे नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल राडिसनमा आयोजना गरिएको समारोहबीच उक्त सिलिन्डरको विक्री प्रवर्द्धन उद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले गरे । नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण-सुरक्षित र विस्फोटन नहुने रहेको छ । यसलाई आगोले विष्फोट गर्न सक्दैन, …