धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद पदमा चयन भएकी छन् । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि प्रदेशसभा सदस्य गुलेफुन खातुनले पदबाट राजीनामा दिएका थिए । उनको खाली भएको पदमा धनकुटाकी हिमा बस्नेत भट्टराई सांसद पदमा चयन भएकी हुन् । बस्नेतलाई निर्वाचन आयोगले आज पत्र दिएको नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । यसअघि मियाको राजीनामा स्वीकृत भएको थियो । एमालेले निर्वाचन आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थ