नागरिकता विधेयक फिर्ता स्वाभाविक कि नियतमै आशंका ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक ‘पुनर्विचार हुन आवश्यक देखिएको’ भन्दै फिर्ता पठाएपछि विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । यो प्रकरणमा राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (३) मा टेकेर आफ्नो अधिकार प्रयोग गरेको देखिन्छ ।संविधान प्रदत्त अधिकार राष्ट्रपतिले प्रयोग गर्नु आपत्तिको विषय होइन । तर केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपतिले तिनै विषयवस्तु समेटेर संसदबाट पारित भएको वि

सम्बन्धित सामग्री

के यस्तै हुनुपर्ने हो आधुनिक राष्ट्रिय-राज्यको चरित्र ?

प्रचण्डको रेशम चौधरीलाई रिहाई गर्ने बारम्बारको सार्वजनिक वचन प्रधानमन्त्री हुँदा पनि पूरा नहुनु, एमालेको तर्फबाट राष्ट्रपति भण्डारीले रिहाई प्रक्रियाको अध्यादेश रोक्नु, लक्ष्मी कोइरी गिरफ्तार नहुनु तर अरुण चौधरी गिरफ्तार हुनुले गृह प्रशासन प्रधानमन्त्री प्रचण्डको हातमा नभएर अप्रत्यक्ष एमालेको हातमा पो छ कि भन्ने आशंका जन्मिन्छ ।

गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त […]

दलको विकल्प दल नै हुन्

आज नेपालका राजनीतिक दलहरूबाट कतै देश बर्बाद त हुँदै छैन? भन्ने प्रश्न उठनु स्वाभाविक जस्तो देखिन्छ। फेरि अर्को कोणबाट हेर्ने हो भने आजसम्मको उपलब्धि पनि यिनै राजनीतिक दलहरूको सामूहिक प्रयत्न र बलिदानीको उपज नै त हो।अब अहिले हाम्रो देशमा क्रियाशील मुख्य दलहरूप्रति गम्भीर प्रश्न र आशंका थोपर्ने कि सुधारको लागि रचनात्मक सहयोग गर्ने? यो विषय आजको मुख्य सवाल र चुनौती बनेको छ।अहिले एक दलले अर्को दललाई दोषारोपण गर्ने र खुइल्याउने प्रवृत्ति बढेर गएको छ। जवाफदेहिता र अपनत्व हराउँदै गएको कुरा सत्य हो। गम्

न्यूरोडमा एक युवक मृत फेलाः कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२४, न्यूरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ। युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको र थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। ‘हत्या नै भएको आशंका पनि गरी नहालौँ। यसले आतंक फैलाउँछ। अहिले घटनाको अनुसन्धानमा प्रहरी टोली […]

न्युरोडमा युवकको मृत्यु घटना - कुकुरसहित प्रहरी टोली अनुसन्धानमा

काठमाडौं महानगरपालिका–२४, न्युरोडस्थित रञ्जना गल्लीमा युवक मृत फेला परेको घटनाको अनुसन्धानमा प्रहरी टोली जुटेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर काठमाडौंसँगै केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनाको अनुसन्धानमा जुटेको हो । युवकको हत्या कि स्वाभाविक मृत्यु भन्नेबारे प्रारम्भिक रुपमा यकिन गर्न नसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दिनेशराज मैनालीले बताए । ‘हत्या नै भएको आशंका पनि

ट्रेन्डिङमा फिक्सिङु : के आइपिएल फाइनलमा फिक्सिङ भएको हो?

इन्डियन प्रिमियर लिगको १५ औं संस्करणको फाइनल आइतबार राति गुजरात टाइटन्सले जित्यो। फाइनलमा अस्वाभाविक रुपमा न्यून स्कोर भएपछि र स्वाभाविक रुपमा विश्वास गरिएका खेलाडीले रन नबनाएपछि समर्थकले आशंका गर्छन् नै तर अहिले ‘फिक्सिङु ट्रेन्डिङ’मा नै परेपछि सबै झस्किएका छन्।अहिले ‘ह्यासट्याग फिक्सिङ’ सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको छ। खेल सकिएसँगै फाइनलमा फिक्सिङ भएको आरोप क्रिकेट समर्थकले लगाएका छन्। जहाँ फिक्सिङ भएको भन्दै पोस्टको बाढी आएको छ। केही समर्थकले ‘फिक्

विप्रेषण घट्नुमा क्रिप्टोकरेन्सीको आशंका

पछिल्लो समय क्रिप्टोकरेन्सीमा प्राप्त हुने विप्रेषण उपयोग भइरहेकाले विप्रेषण आप्रवाहमा कमी आएको आशंका गरिएको छ । विशेषत: क्रिप्टोकरेन्सीहरू डिजिटल विधिमा गणना हुने मुद्राको प्रारूप हो तर भौतिक मुद्राहरू होइनन् । क्रिप्टोकरेन्सी परम्परागत मुद्राको कुनै पनि रूप वा संरचनाहरू र सरकारी निकाय वा बैंकिङ संस्थाहरू जोडिएका हुँदैनन् । शुरूमा भौतिक मुद्रासँग सम्बद्ध कुनै विधिहरूजस्तै डेबिट वा क्रेडिट कार्डमार्फत यो मुद्राको खरीदका लागि भुक्तानी गरिन्छ वा आफूले प्राप्त गर्नुपर्ने रकमलाई डिजिटल रूपमा नै प्राप्त गरिन्छ । त्यसपछि भने सबै प्रकारका लेनदेनहरूलाई त्यहाँको स्थापित प्रणालीले विस्थापित गर्छ । क्रमश: खरीद गरिएको त्यो मुद्राको मूल्यलाई शेयरबजारमा गरेको लगानीजस्तै गरी सट्टेबाजीमा उपयोग हुन्छ । अन्त्यमा अनुकूल समयमा त्यसलाई विभिन्न माध्यमबाट डिजिटल हुँदै भौतिक रूपमा समेत रूपान्तरण गर्न सकिन्छ । क्रिप्टो बजारमा अनौपचारिक माध्यमले प्लेटफर्महरू तयार भएको हुन्छ र सट्टेबाजीको उपकरणका रूपमा विभिन्न नाममा डिजिटल मुद्राहरू तयार हुन्छन् । क्रिप्टोकरेन्सी सञ्जालहरू सामान्यतया नि:शुल्क हुन्छन् र जो कोहीले प्रयोग गर्नका लागि खुला रहन्छन् । कोभिड १९ को विश्वव्यापी महामारीसँगै वैदेशिक श्रम बजार संकटमा परेकाले मुद्राको बचतसँगै नेपालीहरूको उपभोग चक्रमा ठूलो प्रभाव परेको देखिन्छ । नेपालमा विप्रेषण घट्नुमा भने क्रिप्टोकरेन्सीमा लगानी भएको आशंकाले मात्र हेर्नु सर्वथा अनुचित छ । क्रिप्टोकरेन्सीको सट्टेबाजीमा विप्रेषणको रकम उपयोग भएको छ वा छैन भन्ने आशंका निवारणका लागि यसमा आबद्ध लगानीकर्ताको चरित्र, नेपालको विप्रेषणको आप्रवाहको चरित्र, पछिल्लो विप्रेषण आप्रवाहको अवस्था र समग्र अर्थतन्त्रमा परेको प्रभावका बारेमा अध्ययन एवं विश्लेषण हुनुपर्ने देखिन्छ । पछिल्लो समय विश्वभर विभिन्न मुलुकले औपचारिक अर्थतन्त्रमा पर्ने प्रभावका बारेमा धेरै शोध र अनुसन्धान गरिरहेका छन् । चुङ–आङ विश्वविद्यालय, दक्षिण कोरियामा आबद्ध अनुसन्धानकर्ताहरूले बिटक्वाइन र शेयरमा संलग्न लगानीकर्ताको व्यवहार र चरित्रका बारेमा गरेको अध्ययनअनुसार दुई प्रकृतिका लगानीकर्ता त्यसमा धेरै आबद्ध रहेको देखिएको थियो । यसअनुसार जो सट्टेबाजीमा धेरै अनुभवी छन् तर शेयरबजारको औपचारिक प्रणालीमा आबद्धतामा हुन असमर्थ छन् । तिनीहरू स्वतन्त्रपूर्ण क्रिप्टोको कारोबारमा पहिलो पंक्तिमा देखिएका छन् । यस्ता समूहहरूले पटकपटक सानोसानो एकाइमा लगानी गर्ने, अल्पकालमा अधिक नाफा कमाउने मनसाय राख्ने, बारम्बार रणनीतिहरू परिवर्तन गर्ने र अत्यधिक घाटासमेत प्रवाह नगरेको पाइएको थियो । विशेषत: आप्रवासी कामदारहरू बढी संलग्न हुनुमा उनीहरू आप्रवासन रहेको स्थानमा शेयरबजारमा लगानी गर्ने औपचारिक अनुमति नपाउनु हो । त्यसैगरी दोस्रो प्रकृतिका लगानीकर्ताहरूमा जो पूँजी बजारमा समेत प्राविधिक औजारहरू र सूचकहरूको विश्लेषण गर्न सक्षम छन् उनीहरू बढी संलग्न रहेको देखिएको थियो । अर्थात् बजारको उच्च अस्थिरतामा रमाउन चाहने प्रकृतिका व्यक्ति वा अल्पकालीन लगानीकर्ताहरू र विशेषत: शेयरबजार वा अन्य डेरिभेटिभ प्लेटफर्ममा जुवा खेल्ने खोज्ने प्रवृत्तिका व्यक्तिहरू क्रिप्टोतर्फ आकर्षित रहेको देखिएको थियो । पछिल्लो समय आप्रवासनमा रहेका धेरै नेपालीहरू पनि क्रिप्टोतर्फ मोडिएका विभिन्न तथ्यहरू सार्वजनिक भएका छन् । आप्रवासनमा रहेका वा अन्य नेपालीहरू जोडिएका सन्दर्भ र संलग्न कारोबारहरूलाई चार प्रकारले विभाजन गरी हेर्न सकिन्छ । पहिलो पंक्तिमा आप्रवासमा रहेको दक्ष र उच्च अध्ययन गरेका कामदारहरू जो विभिन्न मौद्रिक उपकरणहरूका बारेमा जानकारी राख्छन्, उनीहरू सहज रूपमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ । अध्ययनमा रुचि राख्ने र प्राविधिक विश्लेषणको धेरथोर जानकारी भएकाहरू अधिकतर क्रिप्टो कारोबारको अनुमति प्राप्त मुलुकहरूमा आबद्ध कामदारहरू क्रिप्टोमा प्रवेश गरेको देखिएको छ । तर, धेरै नेपाली कामदारहरू जो अदक्ष छन् र न्यून तलबमानमा खाडी वा अन्यत्र काम गरिरहेका छन्, उनीहरू प्रवेश गरिरहेको अनुमान गलत हुन्छ । त्यसैगरी दोस्रो समूहमा जहाँवाट नेपालमा सहजै पैसा पठाउन सकिँदैन, ती मुलुकमा रहेका कामदारहरू छन् । नेपाली रेमिट्यान्स सेवा एजेन्सीको सहज उपस्थिति नभएका देशहरू दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, न्यूजील्यान्डमालगायत मुलुकहरूमा अस्थायी आप्रवासनमा रहेकाहरूको पहुँच क्रिप्टोमा बढी रहेको देखिन्छ । त्यसैगरी अर्को समूहमा नेपालमै रहेकाहरू पनि देखिन्छन्, जो कोही न कोही अर्को मुलुकमा रहेका आफन्त वा व्यक्तिमार्फत कारोबार गरिरहेका छन् । आप्रवासनमा रहेका कामदार आफै आबद्ध हुनु वा साथीभाइमार्फत क्रिप्टोमा संलग्न भएपछि नेपाल आउने रेमिट्यान्स धेरथोर रोकिनु स्वाभाविक हो । चौथो समूहमा भने हुन्डीको साहारा लिएर समेत क्रिप्टोको कारोबार गरिरहेका व्यक्तिहरू भएको अनुमान गर्न सकिन्छ । सामान्य अर्थमा एक ठाँउमा पठाइने पैसा अर्कोतिर पठाएर वा पैसाको ओसारपसारमार्फत अनुचित लाभ लिने कार्य हुन्डी हो, जुन नेपालमा अवैध हो । तर, हुन्डीको अन्तरराष्ट्रिय सञ्जाल एवं ठूलो चेन रहेकाले त्यसलाई रोक्न नेपाल राष्ट्र बैंक वा सरकार असफल हुन्छ । नेपालको अन्तरराष्ट्रिय व्यापारदेखि पूँजी पलायन गर्नमा समेत हुन्डी प्रयोग भइरहेको छ । कतिपय अवस्थामा नेपालको पैसा नेपालमा रोकेर बाहिरबाट आउने पैसासमेत अन्यत्र परिचालन भइरहेको हुन्छ । पाउने वा पठाउनेले कमिशन तिर्नु नपर्ने र बैंकको भन्दा ज्यादातर सटहीदर एवं सुविधा पाउने भएकाले सर्वसाधारण त्यसतर्फ आकर्षित हुनु अन्यथा होइन । यसर्थ पछिल्लो समय हुन्डीको साहारा लिने र क्रिप्टोमा संलग्न हुनेहरूको संख्या पनि बढेको अनुमान गर्न सकिन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत विप्रेषणले धानेको छ भने गत वर्ष नेपालले ९ खर्ब ६१ अर्ब रुपैयाँ मुलुक भित्र्याएको देखिन्छ । तर, अवैध माध्यमबाट कति रकम कारोबार भएको छ वा विप्रेषणका रूपमा भित्रिएको छ भन्ने कुनै रेकर्ड छैन । नेपालको अर्थतन्त्रमा विप्रेषणले अन्तरराष्ट्रिय मुद्राको भुक्तानी र बचत खाताको सन्तुलनका लागि प्रभावकारी भूमिका खेलेका छ । विप्रेषण उपयोगको चरित्र भने दोहोरोसमेत छ, किनकि उपभोगमार्फत व्यापारघाटा वृद्धि गर्नमा समेत यसको योगदान छ । विप्रेषणले एकातिर श्रमिकहरूको जीवनस्तरमा व्यापक परिवर्तन ल्याएको छ भने उपभोग प्रणालीमा वैदेशिक वस्तुको वर्चस्वलाई स्थापित गर्दै लगको छ । साथै, विप्रेषणको सामाजिक र सांस्कृतिक प्रभावको पनि नेपालमा गहिरो र त्यसको असर बहुआयामिक क्षेत्रमा परिसकेको छ । दशैं, तिहार वा चाडबाडहरू विप्रेषणमय बन्ने गरेका छन् र विप्रेषणले उल्लास थपेको हुन्छ । नेपालले प्राप्त गरेको औसत ७९ प्रतिशतको विप्रेषण रकम उपभोग र खरीदमा जाने प्रवृत्ति देखिन्छ । त्यसैगरी विप्रेषणको कुल औसत ४४ प्रतिशत उपभोग्य वस्तु वा सेवामा र ३२ प्रतिशत आवासीय घर वा जग्गा खरीदमा प्रयोग भएको देखाएको छ । त्यसैगरी घर खरीद वा निमार्णमा प्रयोग भएको रकमको ५० प्रतिशत अंश निमार्णसँग सम्बद्ध कच्चा पदार्थको आयातमा उपयोग हुने देखिन्छ । यो अर्थमा विप्रेषणले आन्तरिक बजार, उपभोग हुँदै आयातलाई समेत टेवा पुर्‍याएको स्पष्ट हुन आउँछ । साथै नेपालमा विप्रेषण आप्रवाहको वृद्धिदर बढेसँगै उक्त अवधिमा चालू खाता र भुक्तानी सन्तुलनसँगै व्यापारघाटा पनि समानान्तर रूपले बढेको देख्न सकिन्छ । पछिल्लो समय भने कोभिड–१९ को महामारीपछि विश्वको समग्र परिस्थिति र अर्थव्यवस्थामा व्यापक फेरबदल आएको छ, जसका कारण विप्रेषण प्रभावित भइरहेको छ । नेपालीहरूका लागि भारत खुला श्रम गन्तव्यका रूपमा रहेकाले त्यहाँको विप्रेषण तथ्यांकमा यकिन गर्न गाह्रो भइरहेको छ । यसको अतिरिक्त नेपालले भारततर्फ पनि ठूलो मात्रामा विप्रेषण पठाइरहेको छ र नेपालबाट विप्रेषणको करीब एक तिहाइ पैसा विप्रेषणकै रूपमा विदेशमा पुग्ने गरेको देखिएको छ । यसको अतिरिक्त नेपालबाट चीन, पाकिस्तान, भुटान, बंगलादेश र श्रीलंकासमेत विप्रेषण लैजाने मुलुकहरूको सूचीमा देखिन्छन् । नेपालमा आउने विप्रेषण मूलत: श्रम गन्तव्यमा रहेका नेपाली कामदारहरूको अंश ज्यादा रहेकाले तिनीहरूको समस्या समाधानतर्फ लाग्नु आवश्यक छ । छिटो वा छरितो रूपमा नेपाल पैसा ल्याउने वातावरण तयार गर्ने हो भने विप्रेषणको रकम अन्यत्र परिचालन हुने अवस्था रहँदैन । तसर्थ देशको बैंकिङ प्रणालीमार्फत नेपाल पुग्ने प्रक्रिया झन्झटिलो, कमिशन बढी भएको र रेट दर कम हुने कारणलाई यथोचित रूपमा समाधान दिन आवश्यक छ । सरकारले बढीभन्दा बढी सहुलियत वा सुविधा विप्रेषण वाहकलाई दिनुपर्छ र जहाँबाट नेपाल पैसा ल्याउन असहज छ, त्यहाँ कूटनीतिक मिशनहरूको समेत सहयोग लिनु आवश्यक छ । मुलुकभित्र लगानी गर्ने यथेष्ट अवसर भएमा पनि नेपालीहरूले विना प्रत्याभूतिको बजारमा लगानी गर्ने अवस्था सृजना हुँदैन । लगानीकर्ताको चरित्रअनुसार लगानीका लागि विभिन्न डेरिभेटिभ र करेन्सी सेगमेन्टहरू समेत तयार गर्न सकिन्छ । विप्रेषण वा क्रिप्टोलाई परोक्ष रूपमा हुन्डीले प्रभाव पारेकाले नेपाल आउने वा नेपालबाट बाहिर जाने वैधानिक प्रकृतिको पैसालाई प्रक्रियाहरू छिटो सम्पन्न गराउने अवस्था सिर्जना गर्नुपर्छ । अहिले पठाएको पैसा क्षणभरमा पाउने अवस्था सृजना भएमा ४ दिनसम्म पर्खेर पैसा लिनुपर्ने वा इमरजेन्सीको अवस्थामा हुन्डी विकल्पविहीन रूपमा प्रयोग गर्ने स्थिति अन्त्य हुन्छ । विशेषत: पछिल्लो समय कोभिड–१९ को विश्वव्यापी महामारीसँगै वैदेशिक श्रम बजार संकटमा परेकोले मुद्राको बचतसँगै नेपालीहरूको उपभोग चक्रमा ठूलो प्रभाव परेको देखिन्छ । नेपालमा विप्रेषण घट्नुमा भने क्रिप्टोकरेन्सीमा लगानी भएको आशंकाले मात्र हेर्नु सर्वथा अनुचित छ । लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

गजेन्द्र हमाल पार्टीकै साथी हुनुहुन्छ, उहाँको निष्ठामा प्रश्न छैनः बद्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले उद्योग मन्त्री गजेन्द्र हमाल पार्टीकै निष्ठावान् साथी भएकाले मन्त्री बन्दा आपत्ति नभएको बताएका छन् । तर, मन्त्रीका आकांक्षी सांसद नै धेरै भएका बेला गैरसांसदलाई मन्त्री बनाउँदा आशंका उठ्नु स्वाभाविक भएको उनको कथन छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

उपेन्द्र यादव यसकारण नजान सक्छन् सरकारमा

‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिँगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईसँग छौं’– जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेको कुरा हो यो ।नेतृ यमीले फेसबुकमा यस्तो धारणा राखेपछि सो पार्टीका नेता तथा कार्यकर्ताहरु कतै उपेन्द्र यादवलाई सरकारमा जानबाट रोक्ने प्रयास त होइन भनेर आशंका गर्न थालेका छन् । यस्तो आशंका उत्पन्न हुनु स्वाभाविक पनि हो ।उपेन्द्र यादव निकट नेताहरु

‘संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश किन परेनन् ?’

१० पुस काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलास वरिष्ठ न्यायाधीश नपरेको विषयमा कानूनका जानकारहरुले विभिन्न आशंका व्यक्त गरेका छन् । तर, अदालत स्रोतले भने यसलाई स्वाभाविक प्रक्रिया बताएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठता मिचेर न्यायाधीशहरू …