बीपी आन्दोलन : चार पदाधिकारी पदमा बस्न नमिल्ने भन्दै विरोध

धरान । सर्वोच्च अदालतले आन्दोलनरत पक्षले लगाएको ताला खोल्न निर्देशन दिए पनि बीपी सुधार संयुक्त संघर्ष समितिले प्रतिष्ठानका प्रमुख चार पदाधिकारी ‘नैतिकताको आधारमा पदमा बस्न नमिल्ने’ भन्दै विरोध गरेको छ । केही दिनअघि सर्वोच्च अदालतले ताला खोल्न निर्देशन दिएपछि जिल्ला प्रशासनले प्रतिष्ठानमा प्रहरीको सुरक्षा टोली तैनाथ गरेको थियो । संघर्ष समितिका संयोजक डा. एसपी रिमालले सरकारको तर्फबाट बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदनको कार्यान्वयन नहुन्जेल नैतिकता गुमेका पदाधिकारी कार्यकक्षमा बस्ने कुनै अधिकार नभएको बताए । ‘हामीले लगाएको ताला राजनीतिक दलले फुटाएको छ, हामीले फेरि ताला लगाएनौं,’ उनले भने, ‘हाम्रो भनाइ नैतिकता गुमाएका पदाधिकारीले फेरि कार्यकक्षमा गएर कार्य सम्पादन गर्नु हुँदैन भन्ने हो ।’ मादकपदार्थ सेवन गरेर वार्तामा बसेका र प्राध्यापकको ‘नक्कली पगरी गुथेका’ उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नैतिकता गुमाएको आरोप उनको छ । ‘सरकारको स्वास्थ्य मन्त्रालयको अगुवाइमा भएको छानबिन समितिले पनि बीपीका पदाधिकारीलाई दोषी देखाएको छ, यही आधारमा पनि उनीहरूले फेरि पदमा बसिरहने हैसियत गुमाइसकेका छन्,’ उनले भने । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रहरी प्रशासन लगाएर संघर्ष दबाउनु राम्रो नभएको बताए । ‘हामीले प्रतिष्ठानमा शुद्धीकरणको आन्दोलन गरेका हौं,’ उनले भने, ‘हामीले आन्दोलन अवधिभरि पनि काम छाडेका छैंनौ । नैतिकता नभएका पदाधिकारीका कारण बीपी दिनप्रतिदिन धराशयी बन्दै गएको छ ।’ प्रक्रियागत रूपमा अघि बढेको कामलाई कसैले रोक्न नहुने आन्दोलनरत पक्षको भनाइ छ । छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । ‘छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो, हामीले व्यक्तिगत स्वार्थमा कुनै आन्दोलन गरेका होइनौं, नैतिकता गुमाएका पदाधिकारीले बीपीमा बसेर काम गर्न हुँदैन भनेर भन्दै आएका हौं,’ संघर्ष समितिका संयोजक डा. रिमालले भने । यसैबीच, असार १५ गतेदेखि प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न आएका प्रहरी र आन्दोलनकारीबीच आइतवार झडप भएको छ । सर्वोच्चको आदेश भन्दै विवादमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कार्यक्षेत्रमा प्रवेश गराउने क्रममा आन्दोलनरत पक्षले रोकेपछि प्रहरीसँग झडप भएको हो । झडपबाट मानवीय क्षति भने भएन । प्रहरी र आन्दोलनकारीबीच भएको झडपले अवस्था तनावग्रस्त भएपछि उपकुलपति गिरी कार्यालय नै नछिरी बाहिरिएका थिए भने अस्पताल निर्देशक प्राडा. गौरीशंकर साह कार्यकक्ष प्रवेश गरे पनि आन्दोलनकारीले कार्यकक्षबाट बाहिर निकालेका थिए ।

सम्बन्धित सामग्री

एन्फाले पदाधिकारी नियुक्त अझै गर्न सकेन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक यसपटक पनि रिक्त पदाधिकारी नियुक्त गर्न सकेन । एन्फाको सोमबार बसेको बैठकमा पदाधिकारी नियुक्त एजेण्डामा समावेश थियो, तर त्यस विषयमा निर्णयमा पुग्न सकेन । एक सदस्यका अनुसार रिक्त पदाधिकारी नियुक्त पुस भित्रमा गरिसक्ने सहमति भएको जनाएका छन् । ३ सहायक महासचिवसहित विभिन्न १७ जनाको […]

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

प्रेस संगठन नेपालको पदाधिकारी घोषणा

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको पदाधिकारी घोषणा गरिएको छ । बानेश्वरमा आयोजित राष्ट्रिय भेलाबाट पदाधिकारी घोषणा गरिएको हो । शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र […]

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएकाे बैठक महाधिवेशनमा केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो  । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ । आज पदाधिकारीबीच सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ । प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानीलकण्ठमा बैठक राखिएको हो ।

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...