काठमाण्डाै - काठमाण्डाैको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा फेरि बर्ड फ्लू पुष्टि भएको छ ।
पशुपक्षी परीक्षण रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा तारकेश्वर नगरपालिका-१ मा पालिएका व्यावसायिक फार्ममा बर्ड फ्लू पुष्टि भएको पशुसेवा विभागले जनाएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि बर्ड फ्लू पुष्टि भएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो ।
बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका ठाउँका झण्डै १५ हजार कुखुरा नष्ट गरिएको छ । विभागकाअनुसार ५ हजार ६ सय ५७ वटा लेयर्स कुखुर...