शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि कम हुँदा अध्ययन अनुसन्धानको क्षेत्र कमजोर भएको बताएका छन् । पन्ध्रौँ पुस्तकालय दिवसका अवसरमा मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्तामा पुस्तक एवं पत्रपत्रिका पढ्ने चलन हराउँदै गएको र मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाई हिँड्ने चलन सुरु भएको उल्लेख गरे ।“लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने क्रम पछिल्लो पुस्तामा हराउँदै गयो”, उनले भने, “त्यसले सामाजिक समवेदना र जिम्म