कोसी कोभिड अस्पताल : संक्रमित थपिन थाले, जनशक्ति छैन

विराटनगर : मोरङको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिइरहेको समयमा जनशक्ति अभाव भएको छ।दैनिक संक्रमित थपिइरहेको समयमा ८ जना जना स्वास्थ्यकर्मीले उपचार गराउन बाध्य छन्। जनशक्तिको अभाव भएकाले संक्रमित उपचार गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउन थालेका छन्।‘दैनिकरूपमा लक्षण सहितका बिरामी थपिइरहेका छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘यो अवस्थामा ४ जना डाक्टर र नर्स मात्रैले काम गर्न गाह्रो भइरहेको छ।’प्रदेशले नयाँ ज

सम्बन्धित सामग्री

कोरोना संक्रमित प्रतिवादी उपचारकै क्रममा फरार

लेनदेन मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भई पक्राउ परेका एक प्रतिवादी कोसी कोभिड अस्पताल विराटनगरबाट फरार भएका छन् । विराटनगर १८ का ४५ वर्षीय लक्ष्मण दास कोभिड अस्पतालबाट बुधबार राति फरार भएका हुन् ।

‘बन्द भएको कोसी कोभिड अस्पताललाई किन खुला छ भनिँदै छ ?’

विराटनगर । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेश नम्बर–१ सरकारले बन्द भएको कोभिड अस्पताल चलिरहेको भन्ने झुटो अभिव्यक्ति दिएर जनता र सांसदलाई गुमराहमा राख्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबारको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारले १० दिनमा तयार गरेको भनिएको कोसी कोभिड अस्पताल...

कोरोनाविरुद्ध एक योद्धा : जसले सम्हालेका छन् कोसी कोभिड अस्पताल

विराटनगर : कोरोनाविरुद्धको अभियानमा अहिलेका पहिलो योद्धा स्वास्थ्यकर्मी हुन्। विश्‍‍वभर महामारी बनेको कोरोनाको कुनै औषधि छैन। बिरामीका लागि छ त केबल डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया। चिकित्सकसहित स्वास्थ्यकर्मी अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन्।  को...

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।

कोशी अस्पताललाई ५० करोड, सरुवा रोग अनुसन्धान केन्द्र बनाइने

इटहरी : संघीय सरकार मातहतको विराटनगरस्थित कोशी अस्पतालमा प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको बनाउने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेश सरकारको बजेट पेसको गर्दै स्वास्थ्य सरुवा रोग तथा अनुसन्धान केन्द्रको रुपमा कोसी कोभिड अस्पताल विराटनगरलाई विकास गर्न रु.५० करोड विनियोजन गरेको बता...