प्रदेश १ : सङ्क्रमितले भरियाे कोसी कोभिड अस्पताल, सुविधा नपाएपछि स्वास्थ्यकर्मी असन्तुष्ट

विराटनगर । लक्षणसहितका कोरोना संक्रमित देखिन थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा रहेका ७५ बेडमध्ये सोमबारसम्म भेन्टिलेटरको व्यवस्था भएका ३२ ओटा बेड भरिसकेका छन् । अरू बेडमा भेन्टिलेटरसहितको सुविधा नरहेकोले लक्षणसहितका थप संक्रमित भर्ना लिने अवस्था नरहेको अस्पतालका निमित्त निर्देशक डा. एपोलो...