काठमाडौं : नापी कार्यालय भैरहवा रूपन्देहीका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगको बुटवल कार्यालयको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई मंगलबार सिद्धार्थनगर नगरपालिका ३ स्थित ३ नम्बर नापी कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो। अमिन रायमाझीले जग्गाको हालसाबिक गर्न सेवाग्राहीसँग घुस माग गरेको उजुरी आयोगमा परेको थियो। सोही सूचनाको आधारमा अमिन रायमाझीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको