काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले पाल्पाको रम्भा गाउँपालिकाको हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई दृष्टिगत गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । योसहित बैंकको एक्सटेन्सन काउन्टर संख्या ५१ पुगेको छ । एक्सटेन्सन काउन्टर सञ्चालनमा आएसँगै स्थानीयवासीले सहज रूपमा बैंकिङ सेवा लिन सक्ने बैंकले बताएको छ ।