मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडी र गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले सोमबार […]