तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने प्रक्रिया स्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपूर्जाक