बरुण हाइड्रोपावर दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७३ लाख नोक्सानीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ७३ लाख नोक्सानीमा छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी रू. १ करोड ६५ लाख नाफामा थियो ।  चालू आवमा विद्युत विक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो । गत असार २ गते गएको बाढीले कम्पनीको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा पूर्णरूपमा क्षति पुर्याएको थियो, जसका कारण कम्पनीको विद्युत विक्री आम्दानी नभएको वित्तीय विवरणमा उल्लेख छ । चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङ भने रू. २ करोड १२ लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको तरलता अनुपात ८ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ४ रुपैयाँ २० पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

यस वर्ष बरुण हाइड्रोपावर २ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँभन्दा बढी खुद नाफामा थियो । असार २ गतेको बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका कारण यो त्रैमासमा कम्पनीले विद्युत विक्री गर्न सकेको छैन । विद्युत विक्री आम्दानी नभएका कारण कम्पनी नोक्सानीमा गएको हो । गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ३ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च पनि बढेको छ । गत वर्ष ४० लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ५० लाख ८० हजार रुपैयाँ वित्तीय खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङ ४८ लाख ९२ हजार रुपैयाँभन्दा बढी ऋणात्मक छ भने शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर १५ रुपैयाँ ६६ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २५ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय

बरुण हाइड्रोपावरको हकप्रद सेयरमा दरखास्त दिने समय थप

बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो ।  तर, यस अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको हो । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर विक्रीमा  ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक बन्द गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्न

बरुण हाइड्रोपावरको हकप्रद सेयर २६ भदौसम्म भर्न पाइने

बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ ।  पहिला बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर, उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि २ साउनमा बुक क्लोज गरेको थियो । १ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्न

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । १०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले बरुणलाई १ः १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्र

बरुण हाइड्रोपावरद्वारा बिक्री प्रबन्धक नियुक्त

बरुण हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा आइतबार हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल […]

आज यी हुन् सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं, ११ जेठ । आज २१९ कम्पनीको १ लाख १२ हजार १४८ पटक कारोबार भएर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर खरिद विक्रि भएको छ । मंगलबार ५ उपसमुहको बाहेक अन्य ८ समुहको परिसुचक घटेका छन् । आज बरुण हाइड्रोपावर, माउन्टेन […]