रौतहट : रौतहटमा शुक्रवार भएको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको गौर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने बौधीमाई नगरपालिकामा धान कुट्ने मिलको पटामा बेरिएर एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–३ पोखरियाका नुर महम्मद अंसारीका ३५ वर्षिय छोरा अमरुल अंसारीको मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको चापाकलमा जडान गरिएको मोटरबाट करेन्ट लागि घाईते भएका अंसारीको उपचारका लागि प्रादेशिक अस्पता