आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भइरहेको छ । लमजुङ जिल्लाका सबै पालिकामा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिई सकेका छन् । चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।जिल्लामा धान खेतीका लागि भनेर चिन