काठमाडौँका सडक सफा गर्न ल्याइएका ‘ब्रुमर’हरु सचालनमा आउन नसकेका बेला महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुई दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ । प्रमुख साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको …