निजी कलेजलाई सम्बन्धन दिने निर्णयबाट पछि हट्यो मध्यपश्चिम विश्वविद्यालय

विश्वविद्यालय निजी, सहकारी र सरकारी कलेजहरुलाई सम्बन्धन दिनका लागि सुचना प्रकाशित गरेको थियो। विद्यार्थी संगठनहरुले निजी कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै आन्दोलन गरिरहेका थिए।...

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालय र युएनडिपीबीच पोलिसी ल्याब सञ्चालका लागि सम्झौता

काठमाडौं, १० असोज । मध्यपश्चिम विश्वविद्यालय र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) बीच पोलिसी ल्याब स्थापनाको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज (बुधबार) मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको उपस्थितिमा योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल र युएनडिपीका आयशानी मेडागांगोडा–लाबेले पोलिसी ल्याब स्थापना गरी नीति […]

मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच भयो सम्झौता ‍

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कबीच सम्झौता भएकाे छ। आइतबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) का अध्यक्ष लोचनलाल अमात्यले सम्झौतापत्रमा हस्ताक्षर गरे। मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित हलमा आयोजित एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय र विश्वव्यापी अनुसन्धान तथा शिक्षा […]

मध्यपश्चिम विश्वविद्यालय माग्यो कर्मचारी

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।  विश्वविद्यालयले बुधवार सूचना जरी गर्दै शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने जानकारी दिएको छ ।  विश्वविद्यालयले उप- प्राध्यापक पदका लागि ३ जना र मूख्य सहायक पदका लागी ३ जना गरी जम्मा ६ जना शिक्षक तथा कर्मचारी माग गरेको हो ।  विश्वविद्यालयले योग्यता पुगेका नेपाली नागरिकहरुले नियमित दस्तुरमा २०७९।१२।२३ गते दिनको ५ बजेसम्म तथा डबल दस्तुर तिरेर २०७९।१२।३० गते सम्ममा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको प्रशासनमा दरखास्त दिन आह्वान गरेको छ । हेर्नुहोस् सुचना

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा रोजगारीको अवसर

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले  शैक्षिक र प्रशासनिक पदहरूमा करार शिक्षक तथा कर्मचारीहरूको लागि सूचना प्रकाशित गरेको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले नियमित दस्तुरमा भदै ८ गते ५ बजेसम्म तथा डबल दस्तुर तिरेर भदौ १५ गते सम्ममा मुसोम प्रशासनमा दरखास्त बुझाउन भनिएको छ । दरखास्त फाराम स्कुल अफ म्यानेजमेन्ट (मुसोम) को प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच वित्तीय कारोबार गर्ने विषयमा सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता भएको हो ।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय का

मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटीबीच सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुङ्कु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राडा ली जी वेइले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान युनिभर्सिटी कलेजका अध्यक्ष वेइले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबार

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक संघबीच ८ बुँदे सहमति

मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन ८ बुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रवार साँझ वार्ता सम्पन्न भएको हो । विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका अनुसार विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका रिक्त पदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी ...

मध्यपश्चिम विश्वविद्यालय र प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त, प्रहरीसँगको झडपमा ७ विद्यार्थी घाइते

मध्यपश्चिम विश्वविद्यालय  तनावग्रस्त बनेको छ।  आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच मंगलबार साँझ झडप हुँदा अखिल (क्रान्तिकारी)मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायतका ७ जना विद्यार्थी नेताहरु घाईते भएका छन् । यसैगरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  विद्यार्थी नेतृ तिर्सना हमालका अनुसार घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् ।यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, ते