काठमाण्डाै – मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाण्डाै उपत्यका ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाण्डाै २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाण्डाैकाे मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीवारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाण्डाै उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार...