लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत भदौ ३० गते बुधबार लमजुङको मध्यनेपाल नगरपालिका ७ को पैराबन गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा उद्घाटन गरिएको छ ।गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीको प्रमुख आतिथ्यतामा उक्त पैराबन गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गरिएको हो ।कार्यक्रमका गण्डकीकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीेले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रसंसा गर्दै पैराबन गाँउलाइ नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन । डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आर्चायले लायन्सले हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गरिरहेको र यो बर्ष दीगो बिकासको कार्यक्रम गर्ने उदेश्यले १४ जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना अनुरुप पैराबन गाउँमा यो कार्यक्रम ल्याएको बताए । लायन्स मोडेल भिलेज लमजुङका प्रमुख तथा कार्यक्रम संयोजक लायन चन्द्रप्रसाद अधिकारीले पैराबन गाउँमा यो बर्ष लायन्सका कार्यक्रम केन्द्रित गरी स्थानीय जनतालाई विभिन्न किसिमका तालिम, सिप सिकाउदैं कृषी, पशुपालनबाट गाउँलेको आयआर्जन बढाउने अभियानमा लायन्स लागेको बताए । लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न क्लब, संघ सस्थाबाट प्राप्त करिब १३ लाख बराबारको सामाग्री पनि गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा १ थान हाते ट्रयाक्टर, ३ थान ल्यापटप, ४२ थान वाटर फिल्टर, ४८ थान डष्टबिन, ४० थान मौरी घार, ९१ थान स्कुल ब्याग , १०० थान स्वीटर, सिलाई मेशिन २ थान, आरन ३ थान, बाध्यबादनका सामाग्री, खेलकुद सामाग्री, स्टेशनरी, तरकारी फलफूलका विरुवा छात्रबृती लगायत सामाग्रीहरु हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।