बलात्कार आरोपी सन्दीपलाई भेट्न पाकिस्तानबाट आए क्रिकेटर
बालिका बलात्कार आरोपमा केदी दिन कारागार वसेर धरौटीमा रिहा भएका सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग पाकिस्तानी क्रिकेटरले भेटेका छन् ।
पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटरसँग भेट गरेका हुन। आइतबार बेलुकी नेपाल ...
७ भदौ, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक जना खेल समर्थकले दिएको अदालतमा जवाफ दिएका छन् । गत हप्ता काठमाडौं जिल्ला अदालतले सन्दीपले पेश गरेको गौशाला २६ को जन्ममितिको कागजको आधिकारिकतामा प्रश्न उठाएपछि उनले आइतबार यस्तो जवाफ दिएका हुन् । ‘मैले सम्मानित अदालतमा बयान दिने दिन […]
नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेको बचाउमा अदालतमा पेश भएको जन्ममिति सम्बन्धी वडा कार्यालयको पत्रमा झुटो विवरण समावेश गरेको भेटिएको छ । यसैलाई मुख्य आधार देखाएर सन्दीप उच्च र सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
काठमाडौं- बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्। नाबालिकमाथि बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षका लागि धुनामा पठाएको छ […]
१ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो । २० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा […]
३१ असोज, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई दशैं बिदाका कारण सोमबार पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको […]
काठमाडौं : बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरीले भोलि म्याद थप गर्ने तयारी गरेको छ। त्यसलगत्तै प्रहरीले उनीसँग बयान लिने र अनुसन्धानका बाँकी पक्षमा लाग्ने जनाएको छ। गौशला प्रहरीका अनुसार आज अदालत नखुल्ने भएकाले म्याद थप्न भोलिमात्रै अदालतमा लैजाने तयारी गरिएको हो। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमपर्ण गरेका राट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्। दशैं बिदाका कारण उनी