काठमाडौंको कोटेश्वरस्थित नरेफाँटबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको साथबाट १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागु औषध बरामद गरेको छ ।बिक्रमको साथबाट डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले नरेफाँटस्थित उनको डेराबाट सो लागु औषध बरामद गर