हुम्ला-कर्णाली प्रदेश सरकारले बीसौ निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरेको उत्कृष्ठ कर्मचारी कर्णाली प्रदेश निजामति पुरस्कार राशीको केही भाग सुर्खेतस्थित मानव सेवा बृद्ध आश्रमलाई सहयोग गरिएको छ। सहयोग गर्ने कर्मचारीहरुमा दुई जना हुम्लाका छन्। खानेपानी, सिंचाई तथा उर्जाबिकास कार्यालय हुम्लाका सवईन्जिनीयर नवाङ लामा र हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका स्थायी बासिन्दा हाल भौतिक पुर्बाधार मन्त्रालय अन्र्तगतको […]