लुम्बिनीमा आगलागी, एक दर्जन उपहार पसल जले

२ पुस, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् । गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए । त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर […]