काठमाडौं : समुदायमा फैलिसकेको यूके भेरिएन्ट यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिनसक्ने चिकित्सकले बताएका छन्। यस अघि हाम्रोमा देखिएको कोरोना भाइरस भन्दा यूके भेरिएन्ट समुदायमा ५०- ६० प्रतिशत छिटो फैलिन सक्ने हुँदा सचेत बन्न चिकित्सकहरुले सुझाएका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप वास्तोलाले यूके भेरिएन्ट समुदायमा फैलिसकेकाले संक्रमितको संख्या बढ्दै गएको बताए।उनले भने,‘अहिले हाम्रो समुदायमा पुगिसकेको यूके भेरिएन्ट यसअघि हाम्रोमा देखिएको कोरोना भाइरस