बनेपा नगरसभाबाट पारित एकीकृत सम्पत्ति कर ‘अव्यवहारिक र अस्वाभाविक’भएको भन्दै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र कांग्रेस बनेपा नगरसमितिले घटाउन माग गरेको छ ।
काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् । […]
पोखरा- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ गण्डकीले सवारी कर फिर्ता लिन माग गरेको छ । युवा संघले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै तत्कालै बढाइएको कर फिर्ता लिन माग गरेका हुन् । गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर वृद्धि गरेको छ । किसानले खेतमा चलाउने ट्याक्टरदेखि लक्जरी […]
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा २०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले माग गरेका छन् । सरकारले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी व्यापार घाटा कम गर्ने, आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारी साधनलगायतका साधनमा प्रयोग गरी विदेशी मुद्रा वचत गर्ने माध्यमको रुपमा लिएकोमा भने उनीहरू स्वागत गरेका छन् । तर २०० किलोवाट क
जेठ ११, वीरगञ्ज । सरकारले पेट्रोलियम पदार्थको आयातमा लिइरहेको उच्च दरको राजस्व घटाउन निजीक्षेत्रले माग गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघले बुधवार प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेको हो । संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा सरकारले इन्धनमा लिएको राजस्वकै कारण मूल्य बढी भएको भन्दै राजस्व घटाएर उपभोक्तालाई राहत दिन आग्रह गरिएको छ ।
सरकारले ७ दिनको अन्तरमा डिजेल र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य बढाएपछि संघले यस्तो माग गरेको हो । खाना पकाउने ग्यासमा समेत प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएर १ हजार ८०० रुपैयाँ पुर्याइएको छ । यस्तो मूल्यवृद्धिलाई संघले नाजायज भनेको छ ।
पेट्रोलियम पदार्थमा लाग्ने भंसार महशुल घटाउनुका साथै केही वर्षदेखि बुढीगण्डकी विद्युत् आयोजना निर्माणका नाममा लिइएको प्रतिलिटर १० रुपैयाँ कर घटाएर जनतामाथि परेको महँगीको भारी कम गर्न माग गरिएको छ ।
यसैबीच इन्धनमा भएको मूल्यवृद्धिको अनुपातमा ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै ढुवानी व्यावसायीले गरेको हड्तालप्रति पनि संघको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
ट्रक व्यवसायीहरूलाई यस्तो सम्वेदनशील विषयमा हड्तालभन्दा वार्ताको माध्यमबाट समस्या समाधानको लागि संघले अपिल गरेको छ ।
काठमाडौं । ग्यास विक्रेता महासंघले पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार कर तत्काल घटाउन माग गरेको छ ।
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको छ । पूर्वाधार कर घटाउँदा नेपाल आयल निगमको नोक्सानी घट्ने महासंघको भनाइ छ ।
पूर्वाधार कर हटाए इन्धनमा मूल्यवृद्धि गर्नु नपर्ने महासंघका अध्यक्ष...
३० फागुन, काठमाडौं । कच्चा पदार्थमा भएको मूल्यवृद्धिले दानामा अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् । नेपाल दाना उद्योग संघले एक विज्ञप्ति निकाल्दै विभिन्न वस्तुको आयातमा सरकारले लगाइरहेको कर घटाउन माग गरेका हुन् । दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अशोभाविक […]
२२ फागुन, विराटनगर । मोरङ व्यापार संघले पेट्रोलियम पदार्थमा सरकारले लिने कर घटाउन आग्रह गरेको छ । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण महङ्गी बढेको र सर्वसाधारणमा आर्थिक भार थपिएके भन्दै संघले कर घटाउन माग गरेको हो । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नविन रिजालले पेट्रोलियम पदार्थमा लिइने कर घटाए थोरै भएपनि राहत हुने बताएको […]