सगरमाथा कुन हो ? हिमश्रृंखला देख्नेबित्तिकै सबैले गर्ने पहिलो प्रश्न हो यो । विश्वकै अग्लो सगरमाथा आरोहण सबैलाई गर्न कठिन विषय हो । तर, नजिकबाट हेर्ने हुटहुटी नहुने सायदै हुन्छन् । आफू बसेको स्थानबाट केही सय मिटर माथि जानेबित्तिकै सबै रमाउने मानिसको स्वभाव नै हो । आँखै अगाडि सरमाथा देखिँदा खुसी नहुने कुरै भएन ।
सगरमाथा नजिकबाट हेर्न सगरमाथा बेसक्याम्प, कालापत्थर नै पुग्नुपर्छ भन्ने छैन । केही रकम खर्च गरेर स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथालाई आँखै अगाडि हेर्न र क्यामेरामा कैद गर्न सजिलै सकिन्छ । स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटर उचाइबाट सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ ।