पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड बढेको छ । सरकारले विद्युतीय राहदानीको प्रचलन सुरु गरेसँगै राहदानी बनाउनेको चाप थपिएको छ ।
भीडलाई व्यवस्थित गर्न राहदानी विभागले अनलाइनबाट समय लिएर आउने नीति ल्याएको छ । घरबाटै अनलाइन फाराम भरेपछि हरेक दिन बिहान ११ बजे, अपराह्न १२, १ र २ बजेको पालो तोकिन्छ । त्यसरी समय पाएकालाई...