नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।
ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।
बैठकले पदाधिकारी निर्वाचन’bout छलफल गर्दै अध्यक्षमा दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता श्रेष्ठले उन...