स्वाथ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले प्रजनन स्वास्थ्य महिलाको प्रमुख मानव अधिकार भएको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला, कानून र विकास मञ्चले काठमाडौंमा आयोजना गरेको ‘म बाट महिलावाद’ नामक कार्यक्रममा ‘मेरो शरीर, मेरो अधिकार : यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ नाराको विभिन्न माध्यमबाट व्याख्या गरिएको थियो । कार्यक्रममा खापुङले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका लागि कानुन पर्याप्त भएको तर कार्यान्वयनको पाटो फितलो भए