सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। उनलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो। ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो।

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।  २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका...

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

६ महिना कैद सजाय पाएका सांसद अरुणकुमार चौधरी पक्राउ

ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय पाएर फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी १ दशकपछि पक्राउ परेका छन् । फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट ...

प्रतिनिधि सभा सदस्य अरुण चौधरी १० वर्षदेखि फरारको सूचीमा

काठमाडौँ- प्रतिनिधि सभाका सदस्य अरुणकुमार चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेको भेटिएको छ। चौधरी सहितका तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० बैशाख ९ गते छ महिना कैद तोकेको थियो। सांसद चौधरी सहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौज्दारी मुद्दा परेको थियो। हालको लम्कीचुहा नगरपालिका (साविकको बलिया गाविस) […]

कैलाली २ : झपट रावललाई हराउँदै नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन्। चौधरी २१ हजार ८७१ मत पाएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार...

कैलाली-२ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी निर्वाचित

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका छन् ।

अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त

नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ। उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो। उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए। डा. सुवेदीले […]

सांसद अरुणकुमार चौधरी रिहा

नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी रिहा हुनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो ।

प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ

ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो ।