काठमाडौँ : साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन्।जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कार्कीलाई अनुमोदन गर्न लागिएको हो। संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थानुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ।संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाई सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने