जी–७ ले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने

धनी राष्ट्रहरूको समूह जी–७ का नेताहरूले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलालाई मध्यनजर गर्दै उनीहरूले जति समय लाग्छ त्यति नै सहयोग गर्ने बताएका छन्। मंगलबार साँझ आकस्मिक भर्चुअल बैठक गर्दै जी–७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएका हुन्। छलफलपछि जी–७ ले विज्ञप्ती निकालेर आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्ने र युक्रेनको साथमा उभिने जानकारी गराएको बीबीसी