ब्रोकरप्रति कडा हुने सेबोन अध्यक्षको चेतावनी

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेश हमालले ब्रोकरप्रति कठोर हुने संकेत दिएका छन् । सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए ।ब्रोकरहरूले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने भन्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता पनि […]

सम्बन्धित सामग्री

सेबोन अध्यक्ष नियुक्तिको कार्यविधि तयार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० तयार भएको छ । अध्यक्ष सिफारिस समितिले मंगलबार कार्यविधि सार्वजनिक गरेसँगै अध्यक्ष पदका लागि बाटो खुलेको छ ।  सरकारले ४ माघमा राष्ट्रिय योजना आयोगका...

सेबोन–एनपीईए समझदारी : नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सृजनामा सहकार्य

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए)ले सहकार्य गर्ने भएका छन् । नेपालमा रहेका निजी र वैकल्पिक लगानी उद्योगबीच सहकार्य र विकास प्रवर्द्धनका लागि समझदारी भएको बताइएको छ । उक्त समझदारीपत्रमा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र एनपीईएका अध्यक्ष सिद्धान्तराज पाण्डेले हस्ताक्षर गरेका छन् । एनपीईएको दोस्रो वार्षिक साधारणसभाको अवसरमा सोमवार काठमाडौंमा उक्त समझदारी भएको बताइएको छ ।  उक्त समझदारीले नेपालमा रहेका व्यवसायका लागि वित्तको स्रोतमा पहुँच अभिवृद्धिमा सहजीकरणको माध्यमबाट नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सृजना गर्न दुवै पक्षले सहकार्य गर्ने विषयलाई ठोस रूप प्रदान गरेको बताइएको छ । समझदारीअनुसार सेबोनले नियामक सहयोग प्रदान गर्नुका साथै दुवै पक्षले वैकल्पिक लगानी उद्योगका लागि पैरवी, प्रवर्द्धन, प्रशिक्षण र सूचना साझेदारीका लागि काम गर्नेछ । एनपीईए नेपालमा रहेका सबै वैकल्पिक लगानीकर्ताको छाता संगठन भएको बताइएको छ ।

धितोपत्र दलाल कमिसन शुल्क घटाउँदै सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल कमिसन शुल्क घटाउने तयारी सुरु गरेको छ । चालु आर्थिक वर्षका लागि धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयनमा लैजान बोर्डले तयारी थालेको हो । बोर्डले नीतिमा धितोपत्र दलाल व्यवसायीको मध्यस्थता शुल्क पुनरावलोकन गर्ने घोषणा गरेको थियो । सोही घोषणालाई मूर्त रूप दिन अहिले […]

घोराही सिमेन्टका नक्कली आवेदकको छानबिन गर्दै सेबोन

काठमाडौं  । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ खरीदका लागि १२ जनाले अधिकतम १० लाख कित्ताका लागि आवेदन दिएको तथ्य पत्ता लागेको छ । खातामा पैसा नै नभएको अवस्थामा अधिकतम १० लाख कित्ताका दरले १२ जनाको आवेदन परेको तथ्य पत्ता लागेको हो ।  आवेदकको सम्पूर्ण जानकारी सजिलै प्राप्त हुने आस्बादेखि सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्थाकै कारण घोराही सिमेन्टका नक्कली आवेदकको विवरण सहजै पत्ता लागेको नेपाल धितोपत्र बोर्ड (सेबोन)स्थित उच्च स्रोतले जानकारी दिएको छ ।  बोर्डले घोराही सिमेन्टको आईपीओ सम्बन्धमा छानबिन गर्न बोर्डका सुपरभिजन प्रमुख दीपेश ताम्राकारको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बुधवार गठित समितिले कम्पनीको आईपीओका लागि गराइएको रेटिङसँगै अन्डरराइटरमाथि समेत छानबिन गर्ने बुझिएको छ ।  स्रोतका अनुसार नक्कली आवेदक प्रेमप्रसाद आचार्य, उज्ज्वल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक, सृजा पोखरेल, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल हुन् । यीबाहेक १ लाखभन्दा बढी कित्ता माग गर्दै एक दर्जनभन्दा बढीको आवेदन परेको जानकारीसमेत बोर्डले दिएको छ । बोर्डले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सहयोगमा नक्कली आवेदक पहिचान गरिरहेको छ । बोर्डका अनुसार कम्पनीको आईपीओ खरीदका लागि हालसम्म परेको आवेदनमा ५८ प्रतिशतभन्दा बढी नक्कली छन् । कुल आवेदनमा करीब ६ अर्ब रुपैयाँको आवेदन नक्कली भएको बोर्डको दाबी छ । कम्पनीको आईपीओमा ९ अर्ब ८३ करोड ८५ लाख रुपैयाँभन्दा बढीका लागि आवेदन परेको छ । ५ लाख ६२ हजार ४३ जना आवेदकले २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । बोर्डले यी आवेदकले खातामा पैसा नै नभएको अवस्थामा किन अधिकतम कित्ताका लागि आवेदन दिए भन्ने विषयमा विशेष रूपमा छानबिन गर्ने बताएको छ । आम लगानीकर्तामा भ्रम फैलाउने क्रियाकलापमा सहभागी सम्पूर्णलाई कारबाहीको दायरामा ल्याउने बोर्डको भनाइ छ । १० कित्ता आईपीओ पाउन समेत भाग्य भरोसा रहने अवस्थामा खातामा पैसा नै नभएका व्यक्तिले १० लाख कित्ताका लागि आवेदन दिनुलाई बोर्डले शंकाको दृष्टिले हेरेको छ । घोराहीको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । १० कित्ता शेयर नपाउने अवस्थामा १० लाख कित्ताको लागि आवेदन दिनु उचित नभएको आधारमा टेकेर अनुसन्धान बलियो बनाएको बोर्डको भनाइ छ ।  घोराही सिमेन्टले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित प्रतिकित्ता ४०० र सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४३५ मा आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीको आईपीओ मूल्यका सम्बन्धमा शुरुवाती समयदेखि नै चर्को आलोचना हुँदै आएको छ । चर्को आलोचनाबीच कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्‍यो । पहिलो चरणमा १३ प्रतिशत मात्र विक्री भएको कम्पनीको आईपीओ दोस्रो चरणमा सर्वसाधारणबाट पनि मागबमोजिम आवेदन पर्नेमा कम्पनी ढुक्क हुन नसकेको अवस्था थियो । कम्पनीको प्रिमियमसहितको आईपीओको सम्बन्धमा शुरूदेखि नै आम लगानीकर्ताले विवाद गर्दै आएका थिए । कतिपय लगानीकर्ताले यो आईपीओ वहिष्कार गर्न सुझाएका थिए ।  घोराही सिमेन्टको आईपीओ सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि विक्री खुला भएको थियो । मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले आवेदन दिने अवधि थप गरेपछि नियामक निकायले विशेष निगरानी बढाएको थियो । असार ४ गतेको छिटो अवधिभित्र मागभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले असार १४ गतेसम्म अवधि थप गरेको हो । सीडीएससीले कम्पनीको आईपीओमा नक्कली आवेदक रहेको आशंका गर्दै बोर्डलाई जानकारी दिएपछि बोर्डले असार ४ गते नै आईपीओ निष्कासन बन्द गर्ने निर्णय गरेको छ । अनुसन्धान जारी रहेकाले यो आईपीओ निष्कासनले निरन्तरता पाउने/नपाउने विषय हाललाई अन्योलमै रहेको बोर्डले जानकारी दिएको छ । आम लगानीकर्ताको लगानी नफस्ने गरी बोर्डले निर्णय गर्ने स्रोतले बताएको छ । कम्पनीले पहिलो चरणमा विक्री हुन नसकेको शेयरसमेत जोडेर कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारण्मा विक्री खुला गरेको हो । बोर्डले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको होे । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यसअघि नै बाँडफाँट गरिसकेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीका लागि ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघिको कुल शेयरमा १३ प्रतिशत मात्र बाँडफाँट भएको छ ।

सेबोन र नेप्से नेतृत्वका चुनौती

पुँजीबजारले पुँजी परिचालनका साथै अर्थतन्त्रको ऐनाको पनि काम गर्छ । दक्षिण एसियामा पाँचौँ स्थानमा रहेको नेपालको पुँजीबजारलाई थप बजारमैत्री, स्वस्थ र अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ लाग्नुपर्छ । नेतृत्वबाट सुशासन कायम नहुँदा र नियामक निकाय...

सेबोन अध्यक्षमा हमाल

सरकारले रिक्त रहेको चार महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।तीन दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका हमालले संयुक्त राष्ट्रसंघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेस्टमेन्ट कन्सल्टेन्सी एन्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ […]

सेबोन अध्यक्षका लागि तीनजना सिफारिस

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीनजनाको नाम सिफारिस गरिएको छ ।साढे पाँच महिनादेखि नेतृत्वविहीन रहेको पुँजी बजारको नियामक निकायका लागि आइतबार लिइएको पाँच जनाको अन्तर्वार्तापछि गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमालको नाम सिफारिस गरिएको हो ।धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले आवेदन दिएका १५ जनामध्ये ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । […]

आगामी आवको नीति तथा कार्यक्रमको तयारीमा सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) आगामी आर्थिक वर्ष २०७८/७९ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । यस क्रममा सेबोनले पहिलो चरणमा शुक्रवार सरोकारवालाहरूसँग अन्तरक्रियामार्फत सुझाव संकलन गरेको छ । नेपालको पूँजी बजारको विकासका लागि चारवर्षे रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको जानकारी दिँदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आगामी आवमै उक्त रणनीतिको करीब ४० प्रतिशत कार्यान्वयन हुने दाबी गरे । उनका अनुसार सम्बद्ध सबै पक्षको साथ भए आगामी केही वर्षमा नेपालको पूँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन र सुधार भएर अन्तरराष्ट्रियस्तरको बन्ने बताए । कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले कर्पोरेट मोडेलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिनुपर्ने, सूचीकृत कम्पनी बढाउन पहल गर्नुपर्ने, बजारको स्थायित्वमा जोड दिनुपर्नेतर्फ ध्यानाकर्षण गराए । ‘अब नेपाल स्टक एक्सचेञ्जको क्षमता बढाउनुपर्छ,’ उनले भने, ‘स्टक ब्रोकरलाई डिलरशिप र कर्पोरेट एड्भाइजरी कार्य गर्न पाउने, इक्विटी डेरिभेटिभ्सको व्यवस्था र बोर्डलाई आयकर नलाग्ने व्यवस्था गर्नुपर्छ ।’ कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष दीपकराज काफ्लेले मर्जर तथा प्राप्ति, एड्भाइजरी भूमिकाका सम्बन्धमा व्यवस्था गर्नुपर्ने र बजारको स्थायित्वका लागि जोड दिनुपर्ने धारणा राखे । प्राडा. राधेश्याम प्रधानले पूँजी बजारसम्बन्धी अध्ययन अनुसन्धान कार्यलाई विशेष प्राथमिकता, अनुसन्धानमूलक लेख समेटिएको जर्नल प्रकाशनलाई निरन्तरता र कम्प्लायन्सको पक्षलाई विशेष ध्यान दिनुपर्ने लगायत विषयमा धारणा राखे । बोर्डका पूर्वसदस्य नरबहादुर थापाले पूँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तरराष्ट्रिय बजारसँग आबद्ध हुनेगरी विकास, लगानीको औजारको विविधीकरण, ऋणपत्र बजारको विस्तार गर्नुपर्ने र बजारको गहिराइ बढे अनुसार दायरा बढाउनुपर्ने सुझाए । अर्का वक्ता डा. केशव श्रेष्ठले बोर्डले आफ्नो नियमन संरचना सुदृढ बनाउनुपर्ने, बजारमा प्रवेश गरेका नयाँ लगानीकर्तालाई बजारबाट विकर्षित हुन नदिने र प्रि–आईपीओको व्यवस्था शीघ्र गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि आधिकारिक प्रतिनिधिको शीघ्र व्यवस्था गर्नुपर्ने, धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत शेयर सार्वजनिक निष्कासन गर्न दिनुपर्ने तथा ऋणपत्र बजारको विकास गर्नुपर्ने बताए । मर्चेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष मेखबहादुर थापाले बजार सहभागीको क्षमता अभिवृद्धि गर्नुपर्ने, स्वस्थ प्रतिस्पर्धालाई जोड दिनुपर्ने एवं प्रशिक्षण संस्था स्थापना गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदले इन्ट्राडे ट्रेडिङ, ओटीसी बजार प्रभावकारी बनाउने तथा एसएमइज बजारको स्थापना गर्नुपर्नेमा जोड दिँदै संस्थागत ब्रोकर राख्नुपर्ने, पेमेन्ट गेटवे स्थापना गर्नुपर्ने बताए । यस्तै, सीडीएससीका कार्यकारी प्रमुख पुण्यप्रसाद आचार्यले सरकारी ऋणपत्रको अभौतिकीकरण गर्ने अवस्था बनेकोबारे ध्यानाकर्षण गराए । कार्यक्रममा लगानीकर्ता संघसंस्थाका प्रतिनिधि उत्तम अर्याल, छोटेलाल रौनियार, हरि ढकाल लगायत वक्ताले भित्री कारोबार नियन्त्रण गर्नुपर्ने, सीडीएस र टीएमएस प्रभावकारी बनाउनुपर्ने, नेप्सेको वेबसाइट थप स्तरीय बनाउनुपर्ने, धितोपत्र बजारको प्रविधि लगानीकर्तामैत्री बनाउनुपर्ने, बोर्डले नियमनको पाटोलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने, बजार विकास तथा विस्तारका लागि नियमनकारी निकायबीच समन्वय हुनुपर्ने र तथ्यहीन र भ्रामक समाचार प्रसारण हुने सञ्चार माध्यम तथा सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्ने जस्ता सुझाव दिएका छन् । कार्यक्रमको समापन गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राप्त सुझावहरू बोर्डका लागि मार्गदर्शक भएको बताए ।

निरीह सेबोन र निष्क्रिय लगानीकर्ता संघहरू

सेयर लगानीकर्ताका संघहरूले आमलगानीकर्ताका समस्या र सेयर बजारमा रहेका विकृति–विसंगति, बेथितिहरूलाई समाधान गर्न सकिरहेका छैनन् । सेबोन अर्थात् नेपाल धितोपत्र बोर्ड निरीह भएको भन्ने चर्चाबजारमा ब्यापक छ । पछिल्लो समयमा सेबोनमा नयाँ अध्यक्ष आएदेखि मात्रै होइन पहिला पनि सेबोन निष्क्रियजस्तै भएको चर्चा चल्ने गरेका छन् । पछिल्लो समयमा एक जना ठूला खेलाडी लगानीकर्ताले एउटा अनलाइन […]