प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले दिएको धर्नामा प्रहरीले बल प्रयोग गरेको छ ।
सर्वोच्च परिसरमा कानून व्यवसायीले दिएको धर्नामा प्रहरीले बल प्रयोग गरेको हो । कानून व्यवसायी र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र जबराले राजीनामा दिनुपर्ने मागसहित झण्डै ३ सातादेखि बारले सर्वोच्चमा धर्ना दिँदै आएको छ ।
जबरालाई वार्ताका लागि गरेको आह्वान समेत बारले अस्वीकार गरेको थियो ।