मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ । बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृहमन्त्री रेमीगियो सेबालोसले जानकारी दिए । राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै उनले भा