धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो । बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्कासन गर्ने भनिएको सर्वोत्तम सिमेन्टको भित्री सेयर...

सम्बन्धित सामग्री

ब्रोकरलाई टीएमएस दिने प्रक्रिया शुरु

काठमाडौं । लगानीकर्ताको शेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको छ । अनलाइन शेयर कारोबार गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउने गरी तयारी अगाडि बढेको हो । अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस भाडामा प्रयोग गर्दै आएका छन् । यो प्रक्रिया १ वर्षदेखि थालिएको भए पनि केही महीनायता नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नहुँदा प्रक्रिया रोकिएको थियो । सेबोन अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रियालाई अगाडि बढाइएको हो । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचनाप्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको थियो । तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको थियो । यसै क्रममा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुुंगाना हटे । त्यस कारण यो प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सेबोनका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीका अनुसार नेप्सेले नियमावलीमा भएका अस्पष्टता चाँडै स्पष्ट पारेर ल्याए बोर्डबाट स्वीकृति दिन समय लाग्दैन । ‘निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना सर हुँदा नै अस्पष्ट भएका कुरा स्पष्ट पार्न नेप्सेलाई भनेका थियौं । नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ, सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं,’ उनले भने । अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन् । टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफै विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरीद गर्न सक्नेछन् । ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदै छ । यो विनियमावलीमा सेबोनले स्पष्ट पार्नु भनेका कुरा स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए । उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी भएको छ । ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिए ब्रोकरहरू तयारी अवस्थामा रहेको स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबन) का अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए । तर, स्वीकृति पाउने बित्तिकै लाइभ सञ्चालनमा ल्याउन नसकिने उनको भनाइ छ । पहिलो चरणमा परीक्षण गर्नुपर्ने भएकाले नेप्सेको प्राविधिक टोलीले आवश्यक सहयोग गर्नुपर्ने मैनालीको भनाइ छ । उनले भने, ‘नेप्सेको आवश्यक सहयोग भए स्वीकृति पाएको ३ महीनाभित्र आफ्नो टीएमएस पूर्णरूपमा लागू गर्ने लक्ष्य राखेका छौं ।’ ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउँदा रिस्क म्यानेजमेन्टलाई व्यवस्थापन गर्न सहज हुने मैनालीको भनाइ छ । नेप्सेले सञ्चालनमा ल्याएको अहिलेको टीएमएस पूर्ण रूपमा लगानीकर्तामैत्री नभएको उनले बताए ।

अर्थमन्त्रीको जोड बुक बिल्डिङमा

उत्पादनमूलक कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर बजारमा ल्याउन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुखहरूको स्वागत कार्यक्रममा अर्थमन्त्री शर्माले सेवनलाई ११ बुँदे निर्देशन दिएका हुन् । सरकारले बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।धेरै उत्पादनमूलक कम्पनीहरू सेयर मार्केटभन्दा […]

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार

को हुन् धितोपत्र बोर्डका अध्यक्ष बनेका रमेश हमाल ? यस्तो छ उनको पृष्ठभूमि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त रमेश हमालसँग यसअघि वित्तीय क्षेत्रमा २० वर्षसम्म सिनियर व्यवस्थापकको रूपमा काम गरेको अनुभव छ । उनी गैरआवासीय संघ थाइल्याण्डका पूर्वअध्यक्षसमेत हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को - को छन् दौडमा ?

फागुन २, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।   सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।   यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?