काठमाडौं : नेपाली सेनाले सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको संखुवासभा जिल्लाको खाँदबारी किमाथाङका (च्याम्ताङ-घोङगप्पा) सडक आयोजना समयमा निर्माण सम्पन्न गर्ने जनाएको छ।उत्तरदक्षिण करिडोर अर्थात् विराटनगरको रानीदेखि किमाथाङका जोड्ने सडकको कुल लम्बाइ ३९० किलोमिटर रहेको सडकको काम यतिखेर सेनाले धमाधम निर्माण गरिरहेको छ।आयोजना प्रमुख सेनानी पंकज पाण्डेले अहिले काम तीव्र रूपमा निर्माण भइरहेको जानकारी दिँदै लक्षित समयमै काम सकाउने जानकारी दिए। उनले भने, ‘६५ मिटरको पहाड काटेर ट्रयाक