गृहमन्त्री बालकृष्ण खाडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौं कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् । मन्त्री खाड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए । उनले नेपालमा