स्थानीय बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न कृषि मेला

जुम्लामा जिल्ला स्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्गानिक खेतीमा वृद्धि कर्णाली सम्बृद्धि भन्ने नाराका साथ जुम्लामा एक दिने प्रदर्शनी भएको थियो ।स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको हो । रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न कृषि विकास कार्यालय जुम्लाको आयोजनामा  स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी भएको हो । मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित

सम्बन्धित सामग्री

योजना एउटा, काम अर्कै : एकीकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट

विराटनगर । १७ करोड रुपैयाँ लागतमा संघीय कृषि मन्त्रालयले मोरङको कटहरी गाउँपालिका–१ मा आधुनिक तरकारी तथा फलफूल थोक बजार बनाएको ५ वर्ष बित्यो । उक्त स्थानमा अहिले थोक बजारको साटो साप्ताहिक शनिवारे र बुधवारे हाट लाग्ने गरेको छ । उद्देश्य एउटा र प्रयोग अर्कै किसिमको हुन थालेको छ ।  संघीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो । निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको सदुपयोग हुन नसकिरहेको बेला कटहरी गाउँपालिकाले साप्ताहिक हाट लगाउन शुरू गरेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालीन कृषि, उद्योग तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना र महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालेको बताए ।  निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो ।  कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ शेयर लगानीमा स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिगाहा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ ओटा थोक तरकारी तथा फलफूल पसल र ३२ ओटा खुद्रा पसलका स्टल संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेशिन, लोड–अनलोड क्षेत्र, डिप ट्युबवेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर विक्री गर्नसक्ने क्षमता छ । अध्यक्ष चौधरीले गाउँपालिकाभित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवर्द्धन मेला आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।

१६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न

काठमाडौं । ५ करोड रुपैयाँको कारोबार गर्दै १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । शनिवार समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताए । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार प्र्र्र्रसारमा सहयोग पुर्‍याउने अर्थमन्त्री पौडेलले बताए । ‘देशमै रोजगारी सृजना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुन्छ,’ उनले भने । घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरणमा सघाउन नेपाल सरकार, अर्थ मन्त्रालय सधैं तयार रहेको उनले बताए । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरूको सहयोगको प्रतिबद्धताले मेला आयोजना गरिएको बताए । सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो । सरकारले आगाम दिनमा सहयोग गर्ने प्रतिबद्धता गरेकाले सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने मेला संयोजक शोभा गुरुङले बताइन् । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको थियो । मेला साढे २ लाखले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यसपटक ‘नेपाल १६औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौं प्रांगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भएको थियो । मुलुकभरका झन्डै ६ लाख लघु, घरेलु तथा साना उद्योग र कृषि व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको उद्देश्य थियो ।

धनकुटामा कृषि मेला तथा प्रर्दशनी

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा किसान लाई निर्वाहमूखी खेती प्रणालीबाट व्यावसायीक बनाउन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि मेला तथा प्रर्दशनी गरिएको छ ।किसानहरुले आफ्नै बारीमा उत्पादन गरेको कृषि उपजलाई प्रर्दशनीमा राखिएको थियो । किसानलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खड्ग […]

धनकुटाको साँगुरीगढीमा कृषि मेला

धनकुटा । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावसायीक बनाउँन, बजारीकरण र किसानलाई प्रोत्साहन गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा कृषि मेलाको आयोजना गरिएको छ । मेलामा कृषक तथा सर्बसाधारणको उत्साहजनक सहभागिता रहेको छ । किसानहरुले आफ्नै बारीमा उत्पादन गरेका कृषि उपजहरुलाई प्रर्दशनीमा राखिएको छ । किसानहरुलाई उत्पादन, बजारीकरणमा प्रोत्साहन गर्नका लागि प्रदर्शनी तथा मेला आयोजना गरिएको वडा […]