काठमाडाैं : कात्तिक १२ गतेबाट नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण शुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयले हिभोनेटले यो वर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिइन्।“यो वर्ष भौतिक र अनलाइन दुवै माध्यममा महोत्सव गर्दै छौँ। जीवनको अग्रभागमा रहने चलचित्रमार्फत साँस्कृतिक आदानप्रदान र प्रवर्द्धन गर्न तत्पर छौँ। जीवनलाई प्रभावित गर्ने बुझाइलाई समृद्ध बनाउने प्रभावकारी माध्यम नै यही हो&r