भक्तपुर : फोहरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यकाभरका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन्।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको आह्वानमा आज मध्यपुरथिमिको फोहोर सङ्कलन गरी जापानिज प्रविधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्गारिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरूले अवलोकन भ्रमण गरेका हुन्।उपत्यकाकाे फोहोरलाई व्यवस्थापन गर्न साझा अवधारणा बनाउने लक्ष्यका साथ काठमाडौं महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डङ्गोल, ललितप