काठमाडौँ। देशभर निर्वाचनको गरमागरम माहोल छ। अघिल्लो पटकभन्दा यो पटक युवाहरूको पनि निर्वाचनमा चासो र सक्रियता बढेको छ।
राजनितीमा युवाहरूको रुचि बढ्नु भनेको सकारात्मक पक्ष पनि हो। पुरानै राजनितिक दलहरू र पुरानै नेताका अनुहारले दिक्क मानेको पुस्ता नै राजनितिमा होमिनु शुभ संकेत भएको चर्चा पनि छ। कतिपय युवाहरू दल नै बनाएर चुनाव लड्ने घोषणा गरेका छन् भने कतिपय स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेर होमिएका छन्।