काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्न चेतावनी दिएको छ । आयाेगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने जनाएकाे हाे ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाइएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनु भएकाे हाे ।
उहाँले कुनै पनि स्थानीय प्रशासनहरु उम्मेदवारहरु...