काठमाडौं : युक्रेनविरुद्ध युद्ध घोषणा गरेको रुसले त्यसबाट हुने क्षतिको जिम्मेवार रुस आफै हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। उनले रुसमाथि थप नाकाबन्दी लगाउन धम्की दिए।रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेको केही मिनेटमै जवाफ दिँदै ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा युक्रेन आक्रमणबाट हुने क्षतिको पूर्ण जिम्मेवार रुस हुने चेतावनी दिएका हुन्। उनले नाटोसँग छलफल गरेर रुसमा कडा भन्दा कडा प्रतिबन्ध लगाउने चेतावनी दिए। उनले यस्तो अवस्थामा अमेरिका र साझेदार द