काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताउनुभएको छ ।
आज सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । मैले मन्त्रा...