सञ्जय साहलाई ज्यान मार्ने षड्यन्त्र कसुरमा ११ वर्ष कैद

जनकपुरधाम : उच्च अदालत जनकपुरले जनकपुरधाम बम काण्डमा पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई ११ वर्षको सजाय फैसला गरेको छ। पाँच जनाको मृत्यु र ४० जनाभन्दा बढी व्यक्ति घाइते हुने गरी भएको बम बिष्फोटको घटनामा ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले सोमबार उक्त फैसला सुनाएको हो।विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले सोमबार साहलाई ११ वर्षको कैद सजाय सुनाएको हो। यसअघि जिल्ला अदालत धनुषाले साहलाई २०७५ सालमा मुख्य अभियुक्त ठह

सम्बन्धित सामग्री

जनकपुर बमकाण्डः उच्च अदालत जनकपुरले फैसला उल्टायो

जनकपुरधाम – जनकपुर बमकाण्डमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ। पूर्वराज्यमन्त्री सञ्जय साहलाई ११ वर्ष कैद सजाय सुनाइएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताए। उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले जिल्ला अदालतको जन्मकैद फैसलालाई उल्टाउँदै ७ वर्ष कैद सजाय सुनाइसकेको र सोमबार ज्यान मार्ने मुद्दामा षड्यन्त्र गरेको भनेको विषयमा […]