काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मेवारी दिएको नेता विरोध खतिवडाले बताए। उनले भने, ‘संख्यामा असन्तुष्टि भन्ने होइन। सहमतिमा भएको कुरामा हाम्रो असन्तुष्टि रहँदैन। आज बसेको गठबन्धनको बैठकले आवश्यक परिमार्जनसहित टुंग्याउला।’ मन्त्रालयको विषयलाई गठबन्धनमा कुनै समस्या नभएको उनले बताए। ‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै