म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने...
अस्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनविना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै सन् २०२६ भित्र विनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य...
अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने हुनुभएको छ । उहाँले यही वसन्त ऋतुमा अन्नपूर्ण–१ चढ्न लागेको बताउनुभयो । अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । “मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य …
प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीको एउटा पदमार्ग हो, ‘मौरीज हर्जोग पदर्माग ।’ यस पदमार्गबाट सुन्दर र लोभलाग्दो अन्नपूर्ण गाउँपालिका– ४ मा पर्ने अन्नपूर्ण हिमालको अवलोकन गर्ने नर्थ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । यस क्षेत्रमा सहज पदमार्गका पूर्वाधार बनेपछि स्वदेशी तथा विदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दृष्य अवलोकन […]
काठमाडौं। गत चैत १४ गतेबाट शुरू भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सम्पन्न भएको छ । हिमाली क्षेत्रमा बढ्दो प्रदुषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा अभियान सञ्चालनमा थियो ।
सह–सेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खटिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगी सहितको टोली चैत १५ गते अन्नपूर्ण आधार शिविरको लागि प्रस्थान गरेको थियो । उक्त टोलीले अन्नपूर्ण आधार शिविर र माथिल्ला क्याम्पहरूबाट कुहिने एक हजार २१६ किलो र नकुहिने दुई हजार ३५१ किलो गरी जम्मा तीन हजार ५६७ किलो फोहोर संकलन गरेको छ ।
संकलित कुहिने फोहोर व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको र नकुहिने फोहोर काठमाडौं ल्याई फोहोर व्यवस्थापन कम्पनीलाई हस्तान्तरण गरिएको बताइएको छ । फोहोर बुधवार अभियानसम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी ‘क्रियशन भेन्चर’ लाई हस्तान्तरण गरेका हुन् ।
म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताउनुभयो । “आरोहण सफल नभएपछि आधार शिविरमा …
१७ चैत, पोखरा । नेपालमै पहिलो पटक आरोहण आरम्भ भएको हिमाल हो, अन्नपूर्ण प्रथम । सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालमै पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेक थिए । सन् १९५३ मा मात्रै सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । नेपालमा आरोहण इतिहास रचेको अन्नपूर्ण हिमालमा […]
म्याग्दी : अन्नपूर्ण हिमाल आरोहणका लागि म्याग्दीमा आएकी कतारकी राजकुमारी आस्मा अल्थानी सहितको टोली २ नम्बर क्याम्पमा पुगेको छ। गत साता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानीको टोली छ हजार ७०० मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो।आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गरेका छन्।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका&nd
काठमाडौं : अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएकाे गुरागाईंले जानकारी दिएबेपत्ता रूसी नागरिकको नाम भने उनले बताएनन्।विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।
काठमाण्डाै – नेपाली महिलाहरूले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।
सफल आरोहण गर्नेहरूमा माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठ हुनुहुन्छ ।
त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भएन/भएको बारेमा जानकारी आइनसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
याे आराेह...