कोरोना भाइरसको संक्रमणबाट हुने अक्सिजनको कमीलाई रोकथामका लागि प्रयोग हुने औषधि वसन्त चौधरी फाउन्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्युट्रिसन एन्ड हेल्थको पहलमा नेपाल ल्याइने भएको छ ।
अमेरिकी पूर्व सिनेटर ड्यान शेली र फाउन्डेसनको सहकार्यमा ‘नाइट्रिक अक्साइड’ नामको औषधि परीक्षणका लागि नेपाल ल्याउन लागिएको हो ।
वैज्ञानिक डाक्टर न्याथन ब्रायनले प्रतिपादन गरेको औषधि कोरोना संक्रमणविरुद्धको उपचारमा प्रभावकारी हुने बताइएको छ ।
‘यो कोरोना भाइरसका कारण अक्सिजन लिन समस्या हुने बिरामीलाई सहयोगी हुन्छ,&rsqu...